विप्लवको नेपाल बन्दमा कीर्तिपुर, गुलरिया र उदयपुरमा बमको त्रास

0 minutes, 1 second Read

काठमाडौं। नेत्रविक्रम चन्द समूह विप्लवले म‌ंगलबार आव्हान गरेको नेपाल बन्दका क्रममा काठमाडौंको कीर्तिपुर स्थित बसपार्क क्षेत्रमा सुत्तली बम फेला परेको छ।

विहानै कीर्तिपुरमा बम हालेको हल्लाले त्यस क्षेत्रमा तनाब उत्पन्न भएको थियो। विहान ६.४५ बजेतिर नै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर कीर्तिपुरको सुत्तली बम डिस्पोजल गरेर कीर्तिपुरवासीलाई राहत दिएको छ।

त्यसैगरेर, आजै बर्दियाको गुलरिया नगरपालिका स्थित हुलाकी मार्गमा प्रेसर कुकर बम फेला परेको छ। वन कार्यालय नजिक बिहान राखिएको बमलाई नेपाली सेनाले निस्क्रिय गरिदिएको छ। उदयपुरको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा आज बिहानै शंकास्पद वस्तु फेला परेको छ। सुतली बम जस्तो देखिने उक्त शंकास्पद वस्तुको प्रहरीले निगरानीमा राखेकोछ। नेपाली सेनाको डिस्पोजल टोली गाईघाटवाट आएर निस्क्रिय बनाउने कार्य भैरहेको जनाएको छ।

यसैगरी उदयपुरको सदमुकाम गार्इघाटमा पनि बम भेटिएको छ। त्रियुगा नगरपालिका वडा नंबर १२ स्थित डिएम गेटमा रहेको एक गैरसरकारी संस्थाको कार्यालय नजिकै सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको कान्तिपुर डेलीले जनाएको छ।     Photo By-Navin Joshi/Kirtipur
प्रकाशन मिति–२०७६ साल असार १० गते मंगलवार ।

Similar Posts