हामीले भर्खरै मात्र मुलुकका एक प्रतिष्ठित संगितकार अम्बर गुरुङलाई गुमाएका छौ । नेपाल प्रज्ञा प्रतिष्ठानमा लामो समय संगीत निर्देशकको रुपमा काम गरेर अवकाश प्राप्त गर्नुभएका स्व. अम्बर गुरुङ गणतन्त्रपछि बनेको राष्ट्रिय गान सयौं थुंगा फुलका हामीको संगितकार हुनुहुन्थ्यो । त्यसैगरि उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति समेत हुनुहुन्थ्यो ।
असाध्यै गम्भीर प्रकृतिका गीत रचना गर्ने क्षमता भएका गुरुङ आफ्नो समयको चर्चित गायक पनि हुनुहुन्थ्यो ।
विशेष गरेर नेपाली आधुनिक संगीतलाई परिमार्जन गर्न, नेपाली संगीतको मानक बनाउन र लोकप्रिय बनाउन उहाँको भुमिका सँधै स्मरणिय रहनेछ ।
पछिल्लो समय धेरैले संगीतकारको रुपमा मात्रै सम्झे पनि वास्तवमा उहाँ संगीतका तीनै क्षेत्र गायन, गीत र संगीतमा प्रतिभाशाली हुनुहुन्थ्यो, सक्रिय हुनुहुन्थ्यो ।

आज मैले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव तथा गायक अच्यूतप्रसाद फुयाल (आभास) लाई कार्याक्रममा निम्त्याएको छु । जुन बेला स्व. अम्बर गुरुङ प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । आभास स्व. गुरुङका एक शिष्य पनि हुन ।

साभार :TOUGH talk with Dil Bhusan Pathak