२०४६ सालको परिवर्तन पछिको समयलाई हेर्ने हो भने नेपालमा २६ बर्ष यता २४ वटा सरकार बने । शासन व्यवस्था त परिवर्तन हुँदै गणतन्त्रसम्म आईपुग्यो । तर नेतृत्वको व्यवहार र चरित्र भने पुरानै । अहिले पनि दलहरु नयाँ सरकार गठन प्रकृयामा छन ।
नयाँ सविधान कार्यान्वयन हुन सकेको छैन । भुकम्प पिडितको अवस्था अहिले पनि विजोग छ । तर हाम्रा दलहरुको प्राथमिकता जहिले पनि सत्ता मात्र बन्ने गरेको छ । यसै सेरोफेरोमा आज मैले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नेपाली काग्रेसका तर्फबाट महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका नेता बिमलेन्द्र निधिलाई टफटकका लागि आमन्त्रण गरेको छु । ओली सरकार ढाल्नै पर्ने कारण के थियो ? कुनै समय एकअर्कालाई सिध्याउने खेलमा लागेका कांग्रेस र माओवादी आज सत्ता साझेदारीको अवस्थामा कसरी आईपुगे ? अबको राजनीतिक खेल कसरी अघि बढ्छ ?