बितेका केहि दिन नेपालको राजनीतिसंगै कूटनीतिको क्ष्ँेत्र पनि निकै चर्चामा रह्यो । एक महिनाभित्र दोस्रँे पटक भारत पुग्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको गोवामा बढेको ब्यस्तता र दुई शक्तिशाली छिमेकी भारत र चीनका सरकार प्रमुखसंग भएको भनिएको त्रिपक्ष्ँिय साझेदारीमाथीको छलफलले प्रधानमन्त्री दाहाल यतिवेला फेरी चर्चामा हुनुहुन्छ । तर के त्रिपक्ष्ँिय साझेदारीका विषयमा छलफल भएकै हो त ? यदि हो भने भारतीय विदेश मन्त्रालयले तत्कालै विज्ञप्ति निकाल्दै किन होइन भन्यो ? यदि छलफल भएकै होइन भने काठमाडौं ओर्लेर प्रधानमन्त्री दाहालले हो भन्दै किन जोड गर्नुभयो ? अनि, यस्तो संवेशनशिल मुद्धामा नेपालका परराष्ट्रमन्त्री, मन्त्रालय, त्यहांका विशिष्ट पदाधिकारीहरु के–कति जानकार छन् ?