अफगानिस्तानको आत्मघाती आक्रमणमा चारको मृत्यु र ११ को घाइते

0 minutes, 0 seconds Read

afganistanकाठमाडौ। काबुल। अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन्। पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ।

स्थानीय समयाअनुसार बुधबार बिहान ८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताइन। सेदिकीले यस आक्रमणको विस्तृत विवरण भने बताएकी छ्रैनन्। तर घटनाको अनुसान्धान जारी रहेका बताइन।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। प्रहरीले सो इलाकालाई सुरक्षाको दृष्टिकोणले घेरा लगाएको र पत्रकारलाई समेत सो स्थानमा जान रोक लगाएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १ गते बुधवार ।

Similar Posts