अब्बल दर्जाकी दुई सुनगाभा नायिका सावनदेव श्रेष्ठको म्युजिक भिडियोमा

0 minutes, 0 seconds Read

Nisha & Diyaकाठमाडौ। नेपाली चलचित्र उद्योगमा अभिनयको कारण पछिल्लो समय अब्बल दर्जामा देखिएकी दुई नायिका निशा अधिकारी र दिया मास्के एक गीतको म्युजिक भिडियोमा एकसाथ देखा परेकी छन्।

ललितपुरको लुभु स्थित ब्ल्याक हक नामक म्युजिक ब्याण्डका गायक सावनदेव श्रेष्ठको गायन रहेको अन्तिम बोलको गीतमा यी दुई नायिका एकसाथ देखा परेका हुन्। यस गीतको म्युजिक भिडियोको निर्देशन राज केसीले गरेका छन्। यसअघि चलचित्र सुनगाभामा यी दुई नायिका एकसाथ देखा परेका थिए।

चलचित्र सुनगाभामा यी दुवै नायिकाले लेस्विनको भूमिकामा जीवन्त अभिनय गरेर निक्कै राम्रो चर्चा पाएका थिए। त्यसपछि भने, यी दुवै नायिकाले एकसाथ काम गरेका थिएन। सावनदेवको गीतले साउन महिनामा फेरि उनीहरु दुवैलाई मिलन गराइदिएको छ।
प्रकाशन मिति–२०७३ साल साउन १ गते शनिवार ।

Similar Posts