उदय सुव्वालाई गडफादर मान्ने गोकुल राईको गौरबता

0 minutes, 0 seconds Read

ललितपुर । एक पछि अर्को राम्रो चलचित्र निर्देशन गर्दैआएका निर्देशक गोकुल कुमार राईको परिचय नै चलचित्र निर्देशन हो। रुद्राक्ष, दियो मुनिको अध्यांरो, जिन्दगी, सत्य जस्ता एक से एक चलचित्र निर्देशन गरेर गजबको आयाम राईले कायम गरिसकेका छन्। यिनै निर्देशक राईको फिल्मी गडफादर ख्यातिप्राप्त निर्माता तथा निर्देशक उदय सुव्वा हुन्।

उदय सुव्वाका प्राय चलचित्रमा सहायक निर्देशक देखि प्रमुख सहायक निर्देशक बनेर कार्य गरेका निर्देशक राई राम्रा कलाकार पनि हुन्। क्रान्ति, कानून, अमरप्रीति लगायत दर्जनौ चलचित्रमा अभिनय गरिसकेका निर्देशक राईको चलचित्र वाहेकको अर्को इलम भनेको बुटिक व्यवसाय हो।

राम्रो बुटिक डिजाइनर समेत रहेका राईको बुटिक ललितपुरको कुपण्डोलमा रहेको छ। जसको नाम नायुमा कलेक्सन रहेको छ। झापाको शनिश्चरेमा जन्मी हुर्केका राई फिल्मलाइन आफ्नो भगवान भएको बताउंछन्। फिल्म लाइन आफ्नो गौरबता नै भएको जिकिर गर्छन्।

प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।

Similar Posts