काठमाडौं उपत्यकामा अविरल बर्षा

0 minutes, 0 seconds Read

 

काठमाडौं। काठमाडौं उपत्यकामा असारे पानीको बर्षा शनिवार अपरान्हवाट भएको छ। काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ।

मनसुन सक्रिय भएपनि उपत्यकामा पर्याप्त वर्षा नभइरहेको अवस्थामा आज शनिवारवाट अविरल भारी वर्षा भएको हो। अविरल बर्षावाट खेती किसानी गर्ने कृषकहरु दंग परेका छन्। रोपाई मज्जाले गर्न पाइने भयो भनेर रमाएको पाइन्छ।

अर्कोतर्फ अविरल बर्षाको कारण शहरी जीवन भने कष्टप्रद बनेको छ। राति ९ बजेर ३० मिनेटको समयावधिसम्म पनि अपरान्हदेखि परेको बर्षा रोकिएको छैन्।
प्रकाशन मिति–२०७६ साल असार २१ गते शनिवार ।

Similar Posts