–Nishan Budhathoki

काठमाडौं। असारे पानी तथा अविरल बर्षाका कारण संघीय राजधानी काठमाडौंमा समेत बर्षाको मौसममा अत्यन्त समस्या पर्दैआएको छ। काठमाडौंका कतिपय स्थान अझैपनि रुकुम–रोल्पा जस्तो समस्या वोकेर बसेको पाइन्छ । स्थानीय सरकार आएपछि यस्ता अनेकन समस्या समाधानका वाटो खोजिएपनि दीर्घकालिन रुपमा अझैपनि समाधान भैरहेको पाइदैन।

परिणाम संघीय राजधानी काठमाडौं महानगर र वरपरका नगरपालिकाका कतिपय स्थानहरुमा समस्या जस्ताको तस्तै बनिरहेको पाइन्छ। घरको वाटोसम्म जान पनि हिलाम्मे वाटो भएर जानुपर्ने तथा कतिपयको घरमा पुग्न जुत्ता फुकालेर खाली खुट्टा हिंड्नुपर्ने जटिल समस्या बर्षाको जमेको पानीको कारण भैरहेको छ। बर्षा आउनुअघि नै समयमा बर्षादको बेला हुने यसप्रकारका समस्या समाधान गर्न र गराउनका लागि आवश्यक काम–कारवाही नगरिकन असारे विकास पर्खिरहने उही पुरानै प्रचलनका कारण असार–साउन–भदौको बर्षातको बेला काठमाडौंका कतिपय स्थानीय हिलाम्मे बाटो तथा पोखरीजस्तो पानीको समस्या भोग्न बाँध्य छन्।

यो समस्याको जड समयमा नै निराकरण गर्न र गराउन स्थानीय सरकारले तदारुकताका साथमा काम कारवाही गर्न ढिला भैसकेको छ। यही ढिलाको कारण काठमाडौंवाट बाहिरी जिल्ला जाने मूल नाका काठमाडौं महानगरपालिका वडा नंबर १४ स्थित कलंकीको सांधसिमानामा रहेको काठमाडौंकै नागार्जुन नगरपालिका वडा नंबर ९ स्युचाटारको श्रीसिद्धिविनायक टोलको अवस्था माथि तस्बीरमा हेर्नसक्नु हुन्छ।

नागार्जुन नगरपालिकाको नगरसभावाट आर्थिक बर्ष २०७८–०७९ को कार्यक्रम परियोजना र नगर स्तरीय बजेटबाट वडा कार्यालय नजिकै बाटो निर्माण कार्य भएको थियो। ब्लक तथा ढलान कार्य गर्ने सम्झौता भए बमोजिम श्री सिद्दी विनायक टोल सुधार उपभोक्ताले सो कार्य सम्पन्न गरेको हो। उक्त कार्य सम्पन्न भएपनि स्थानीय एकको घर नजिक जग्गाभन्दा बाटो होचो भएको कारण पानी परेको बेला घर डुबानमा परेको देखियो ।

यो नागार्जुन नगरपालिका वडा नम्बर ९ कार्यालय नजिकैको स्थान हो। यो फोहोरको थुप्रो र जमेको पानीले नजिकको घर असुरक्षित बनेको छ। बर्षातको समयमा यसरी पानी जम्मा भएर आहाल जस्तो बन्दा यहाँ आगमनमा कठिनाइ परेको सर्वसाधारणको गुनासो छ। यस्ता समस्या तथा गुनासा आउनासाथ समाधान गर्ने टास्क फोर्स वनाउने कार्य काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले गत बर्षवाट शुरु गरेजस्तै नागार्जुन नगरपालिकाले पनि शुरु गर्नुपर्ने जस्ता रायहरु आएको छ।

यद्यपि, टास्क फोर्स स्थापना भएपनि आवश्यक बजेटको अभावको कारण बर्षातको समयमा कतिपय स्थानमा कागेश्वरी मनोहरा नगरपालिकामा पनि नागार्जुन नगरपालिकाको जस्तो समस्या भने आएकै छ। त्यसको समाधान गर्न र गराउन टास्क फोर्सले कार्य गर्ने गरेको जानकारी नगरपालिकाले दिएको छ।