गोकर्णको भव्य म्युजिक कन्सर्टमा युवा–युवतीको व्यापक भीड

0 minutes, 0 seconds Read

काठमाडौ । नेपालमा केही बर्षयता विभिन्न पर्व विशेष तथा नयाँ बर्ष पारेर विभिन्न म्युजिक कन्सर्ट हुने गरेको छ। नयाँ बर्ष २०७३ सालको अवसर पारेर नयाँ बर्ष आशा र विश्वास तथा सफल बर्षको कामना सहित बैशाख १ गते काठमाडौको गोकर्ण स्थित गोकर्ण फुटबल मैदानमा होपफूल नेपाल नामक भव्य म्युजिक कन्सर्ट भएको छ।

Gokarna Concert

आयोजक मध्येका एक सुवाष पौडेलका अनुसार निःशुल्क प्रवेशका साथ भएकोे कन्सर्टमा स्ट्रीङ्गस् व्याण्ड, द प्रोजेक्टर किचेन, नक्षत्र, ओल्ड प्रिजनर लगायतकाको विशेष प्रस्तुति रहेको थियो।

नयाँ बर्ष २०७३ साललाई खुशी र उमंगको बर्षको रुपमा प्रस्तुत गर्ने क्रममा आफूहरुले निक्कै प्रयास गरेको त्यसअनुरुप भव्य सफलता हात परेको सुवाष पौडेलको भनाई रहेको छ।निराशा होइन, आशावादी बन्नु र विनाश होइन विकासको विगुल फुक्न तन्नेरीहरु क्रियाशील बन्नुपर्ने सन्देश होपफूल नेपाल म्युजिक कन्सर्टको प्रमुख लक्ष्य तथा उदेश्य अनुरुप कार्यक्रम भएको थियो।

जसमा हजारौ हजार संगीतप्रेमीहरुको उपस्थितिवाट कार्यक्रम अत्यन्त सफल भएको आयोजकको दावी रहेको छ। नयाँ बर्षलाई रौनक तथा सन्देशमूलक बनाउन कन्सर्ट सफल भएको जिकिर पनि आयोजकको छ। भिजन संसार र विश्व न्यूज डटकमको मिडिया पार्टनरसीपमा कन्सर्ट भएको थियो।
प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते शनिवार ।

Similar Posts