चमत्कारिक गायिका सरु थापाको चमत्कार

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली लोकदोहरी गायनमा विदेशीलाई समेत मख्खै पार्न सफल गायिका सरु थापालाई चमत्कारिक गायिका नै भन्ने गरिएको छ।

दुई दशकअगाडि काठमाडौंको दरवारमार्गमा जुनकिरी लोकदोहरी सांझ स्थापना गरेर नेपाली लोकदोहरीको प्रथम महिला उद्यमी नै बनेकी गायिका थापाले नयाँ बर्ष २०७६ सालवाट नयाँ सोच र खोजवाट नेपाली लोकदोहरी गायनलाई सभ्य र सुसंस्कृत रुपमा अगाडि बढाउन क्रियाशील रुपमा योगदान दिने बताएकी छन्।

देश–विदेशमा रहेका नेपाली लोकदोहरी प्रेमी सवैलाई शुभकामना सन्देश प्रवाह गर्दै लोकदोहरी नेपालीको पहिचान र मुटु नै भएको भनेकी छन्। यसको संरक्षण तथा प्रबद्र्धन गर्न देश तथा विदेशमा बस्ने सवै नेपालीको कर्तव्य रहेको जनाएकी छन्।

चाँडै नै लोकदोहरीको तहल्कापूर्ण एल्बम निकाल्ने तयारीमा रहेकी गायिका थापाले नेपाली लोकदोहरीलाई हिन्दी तथा अंग्रेजी भाषामा समेत सभ्य ढंगवाट गाएर विदेशीहरुलाई समेत मन्त्रमुग्ध बनाउंदै आएकी छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख २ गते सोमवार ।

Similar Posts