थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको उपचारको क्रममा निधन-थाइल्याण्डका जनता शोकाकुल

0 minutes, 0 seconds Read

bhumibol-adulyadej_204749053-300x185बैंकक। थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको उपचारको क्रममा निधन को छ। राजा भूमिबोल अदुल्यादेजको पार्थिव शरीरलाई सिरिराज अस्पतालबाट शुक्रबार ग्रान्ड प्यालेसमा लगिएको छ। राजा भूमिबोल अदुल्यादेजकोको पार्थीव शरीरलाई दरबारमा लग्ने क्रममा हजारौं थाई नागरिक अस्पताल परिसरदेखि दरबारसम्मको बाटोमा भेला भएका थिए।

कालो पहिरन लगाएका थाई नागरिकहरु गहभरी आँसु बोकी सडकमा भेला भएका हुन्। दिवंगत राजाको पार्थिव शरीरलाई शुक्रबार इमराद मन्दिरमा राखिने छ भने थाई परम्मपरा अनुसार उनको पार्थीव शरीरलाई युवराज महा भाजिरालोङकोङले स्नान गराइदिएपछि अन्त्येष्टि गरिने छ।

thai-king-passed-away

थाइल्याण्डका राजाको निधनमा शोक मनाउन देशको झण्डा एक महिनासम्म आधा झुकाइने भएको छ। लामो समयदेखि अस्वस्थ रहेका ८८ वर्षीय राजा अदुल्यादेज उपचारको क्रममा बिहीबार बैंककस्थित सिरिराज अस्पतालमा निधन भएको हो। राजा भूमिबोल अदुल्यादेजको रक्तचाप, श्वासप्रश्वासलगायतका समस्याबाट पीडित थिए। सन् १९४६ देखि राजगद्दीमा रहेका थाई राजा जनतामाझ निकै लोकप्रिय थिए। (एजेन्सी)

Similar Posts