दुई हात र एक खुट्टा नभएकी कमला श्रेष्ठलाई आपतका देवताको सम्मान

0 minutes, 0 seconds Read

kamala-samman-2काठमाडौ। दुई हात र एक खुट्टा नभएकी गायिका एवम् सञ्चारकर्मी कमला श्रेष्ठ सम्मानित बनेकी छन्। इन्द्रजात्राको अवसर पारेर नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले गायिका श्रेष्ठको काठमाडौको डल्लु विजेश्वरी स्थित निवासमा पुगेर सम्मान प्रदान गरेका छन्।

kamala-samman-3रक्तदानको क्षेत्रमा रक्तदान संवन्धी गीत गाएर उल्लेखनिय योगदान दिएको कदर स्वरुप आफू गायिका एवम् सञ्चारकर्मी कमला श्रेष्ठको निवासमा नै आएर सम्मान प्रदान गरेको जानकारी आपतको देवता नै मानिएका रक्तदाता कर्माचार्यले दिएका छन्।

विगत २० बर्षदेखि दुई हात र एक खुट्टा नहुनुको यथार्थता तथा पीडाको बाबजुद पनि नेपाली गीत गायनको क्षेत्रमा कमलो सपना नामक एल्वम निकालेर गायनमा स्थापित बन्नु तथा आम–सञ्चारको क्षेत्रमा रेडियो एफएमको पत्रकारिता हुंदै हाल हिमालय टेलिभिजनमा समाचारबाचिका बनेर प्रतिभा प्रदर्शन गर्ने कार्य कमला श्रेष्ठवाट हुंदैआएको छ।

kamala-samman-1यतिधेरै प्रतिभाशाली तथा असाधारण व्यक्तित्व कमला श्रेष्ठको बृतिविकासको लागि राज्य र सरकारले बेवास्ता गरेको र यसतर्फ सरकारले तुरुन्तै ध्यान दिनुपर्ने नेपाल स्वयम् सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका कर्माचार्यले भनेका छन्। 

तस्वीर–सुनिता कायस्थ
प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।

Similar Posts