नेपाली कांग्रेसको भातृसंगठन तरुण दलव्दारा दर्जनौ कलाकारहरुलाई सम्मान प्रदान गरियो

0 minutes, 0 seconds Read

tarun-dal-samman-5काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहासचिव एवम् केन्द्रिय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा नेपाल तरुण दल काठमाडौ जिल्ला क्षेत्र नंबर ४ वाट विभिन्न कलाकारहरुलाई सम्मान गरिएको छ।

tarun-dal-samman-3नेपाल तरुण दल काठमाडौ जिल्ला क्षेत्र नंबर ४ का अध्यक्ष अनुप प्रधानव्दारा आयोजित कार्यक्रममा बरिष्ठ गायक प्रेमध्वज प्रधान, बरिष्ठ लोकगायक कुमार बस्नेत, बरिष्ठ पप गायक भीम तुलाधर, म्यासेञ्जर व्याण्डका बरिष्ठ गायक राजेश हमाल, पुराना रंगकर्मी राजु हमाल, मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ, समाजसेवी हेमा मानन्धर, प्रथम नेपाली चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र निर्देशक आरबी खत्री लगायतलाई सम्मान प्रदान गरिएको थियो।

tarun-dal-samman-1

कार्यक्रममा महान पर्व तिहार, नेपाल संवत ११३७ नयाँ बर्ष, छठ पर्व तथा लोसार पर्वको शुभकामना पनि आदान प्रदान गरिएको थियो।

tarun-dal-samman-2tarun-dal-samman-4प्रकाशन मिति–२०७३ साल कात्तिक १५ गते सोमवार । नेपाल संवत ११३७ कछला पारु।

Similar Posts