प्रधानमन्त्रीवाट बजेट ठूलो र वितरमुखी भनेर आलोचना गर्नुको पछाडि दम नरहेको टिप्पणी

0 minutes, 0 seconds Read

PM Oliकाठमाडौ। व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन्।

जनताका विभिन्न समस्या सम्बोधन गर्दै नेपाललाई अघि बढाउने सन्दर्भमा बजेटले स्पष्ट नीति र दृष्टिकोणका साथ कार्यान्वयनको लक्ष्य लिएकाले दिल खोलेर समर्थन गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले दलीय अवस्थाका कारण प्रतिपक्ष भएकाले असहमति राख्नैपर्‍यो भन्ने ढङ्गबाट मात्र टीक्काटिप्पणी हुँदै आएको उल्लेख गरे।

मुलुकको विकासका लागि अत्यन्तै जिम्मेवारीका साथ सरकारले आगामी आवमा विभिन्न क्षेत्रका लागि बजेट विनियोजन गरेको बताउँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस आवमा चार प्रतिशतले बजेटको आकार कम रहेको जानकारी दिए । बजेटका सिद्धान्त र प्राथमिकताले देशलाई विकास र समृद्धिमा अब अघि बढाउन कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘देश विकास कसरी हुन्छ, कसरी गर्नुपर्दोरहेछ भन्ने कुरा बजेट कार्यान्वयनबाट देखाइनेछ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिपक्षलाई बजेट मन नपरेर होइन, सरकारले बढी लोकप्रियता प्राप्त गर्ने चिन्ताले आलोचनाका लागि मात्र टिप्पणी गरेको धारणा व्यक्त गरे। प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले प्रस्तुत गरेको बजेट एकदमै राम्रो छ भन्ने जनमत भएकाले सबै सांसदलाई बजेटका पक्षमा दृढतापूर्वक उभिन तथा कुनै संशोधन नहाल्न निर्देशन दिए।

प्रकाशन मिति–२०७३ साल जेठ १६ गते आइतवार ।

Similar Posts