प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा

0 minutes, 0 seconds Read

pm-dahal-in-indiaकाठमाडौ। भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली पुगेका छन्।

प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन्। प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमणका लागि प्रधानमन्त्री दाहाल ११६ जना सम्मिलित टोलीको नेतृत्व गर्दै भारत गएका हुन्।

चार दिनको भारत बसाईमा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।

Similar Posts