फिल्मकै नाम ‘लभ यु हमेशा’ को लभ्ली टिजर

0 minutes, 2 seconds Read

काठमाडौं। लभस्टोरी फिल्मको नाम नै ‘लभ यु हमेशा’ रहेको छ। यो फिल्मको लभ्ली टिजर पनि सार्वजनिक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको यो फिल्मको राजधानीमा प्रेसमिट मार्फत नयाँ प्रदर्शन मितिका साथमा टिजर प्रदर्शन गरिएको हो।

पहिला भदौ ६ मा रिलिज हुने बताइएको भए पनि ‘लभ यु हमेशा’ अब भदौ २७ मा दर्शकमाझ आउने छ। फिल्मको प्राबिधिक कार्यमा केही समय लाग्ने भएकाले फिल्म तीन साता पर सरेको निर्माण पक्षले बताएको छ।

युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ,सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ। शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो।

https://www.youtube.com/watch?v=92PRWtDzrQE

प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।

Similar Posts