बडादशैंमा नायिका जोस्ना फुयाँललाई कार उपहार

0 minutes, 2 seconds Read

joshna-fuyal-2काठमाडौ। नेपाली चलचित्रकी नायिका जोस्ना फुयाँललाई बडादशैंको अवसरमा सरप्राइज कार उपहार मिलेको छ। फूलपातीको अघिल्लो दिन शुक्रबार श्रीमान रुपक फुयाँलवाट अचानक तिमीलाई यो बडादशैंको उपहार भनेर कारको चाबी हस्तान्तरण गर्दा नायिका जोस्ना एकक्षण त हक्क न बक्क परेकी थिइन्।

 दशैंमा कार उपहार पाएपछि श्रीमान रुपक फुयाँलसंगै दंग परेकी नायिका जोस्ना फुयाँल ।

दशैंमा कार उपहार पाएपछि श्रीमान रुपक फुयाँलसंगै दंग परेकी नायिका जोस्ना फुयाँल ।

दशैंको लगतै कात्तिक महिनामा आमा बन्ने तर्खरमा रहेकी नायिका जोस्नाले श्रीमानवाट दशैंको कार उपहारवाट अझ हौसिएकी र त्यस कारलाई आउनेवाला सन्तानलाई जतिकै प्यारले राख्ने बताएकी छन्। अघिल्लो बर्ष यसरी नै नायिका जोस्ना फुयाँलले श्रीमानलाई थाहै नदिइकन चुपचाप खरिद गरेको ललितपुरको बागडोल स्थित घर उपहार दिएकी थिइन्।

joshna-fuyal-4दशैंको बेलामा एकाएक घरमा लगेर यो घर तपाईकै हो भनेर घरको चाबी दिएर गृहप्रवेश गराउंदा श्रीमान रुपक फुयाँल चकित परेका थिए। त्यसरी नै चकित पार्ने कार्य शुक्रवार श्रीमानवाट भएको जोस्नाले भनेकी छन्। यही त हो–श्रीमान श्रीमती वीचको अत्यन्त प्यारको नमूना भनेर दुवैले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।

Similar Posts