बेलायतले दोश्रोपल्ट महिला प्रधानमन्त्री पाउने करिब–करिब निश्चित

0 minutes, 0 seconds Read

UK's future Prime Ministerकाठमाडौ। बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिएपछि रिक्त हुन गएको प्रधानमन्त्री पदमा दुई महिला नेतृवीच प्रतिस्पर्धा देखिएको छ। यसले गर्दा पनि बेलायतले मार्गरेट थ्याचरपछि दोश्रो पल्ट महिला प्रधानमन्त्री पाउने कुरामा करिब करिब निश्चित भएको छ।

बेलायतमा दलको नेता चुन्नका लागि भएको पार्टीभित्रको आन्तरिक चुनावमा थेरेसा मे र आन्द्रेया लेडसमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। दलभित्र भएको दोस्रो चरणको गोप्य मतदानमा गृहमन्त्री थेरेसा मेले १९९ र उर्जामन्त्री लेडसमले ८४ मत पाएकी छन्। जबकि, तेस्रो स्थानमा रहेका न्यायमन्त्री माइकल गोवले ४६ भोट पाए।

 कन्जरभेटिभ पार्टीले थेरेसा मे र आन्द्रेया लेडसममध्ये एकलाई आफ्नो नेता चुन्नेछ। यसको छिनोफानो भने आगामी ९ सेप्टेम्बरमा हुनेछ। दलका नेताले नै क्यामरुनको उत्तराधिकारीकारुपमा बेलायतको कमान सम्हाल्नेछन् । युरोपबाट बाहिरिएपछिको बेलायतलाई कसरी सम्हाल्ने भन्नेबारे आफ्ना सदस्यलाई विश्वस्त पार्नु यी दुई नेतृको चुनौती बन्नेछ।

थेरेसा बेलायत युरोपमै रहनुपर्ने पक्षमा रहेकी थिइन्। जनमतसंग्रहमा बेलायत युरोपीय संघबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री क्यामरुनले पद छाड्ने घोषणा गरेका थिए। क्यामरुन युरोपीय संघमै रहनुपर्ने पक्षमा रहेका थिए। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असार २४ गते शुक्रबार ।

Similar Posts