बेलायती राजकुमार ह्यारीको प्रेमिका अमेरिकी नायिका मेघन मार्कल भएको खुलासा

0 minutes, 0 seconds Read

लण्डन । विश्वकै अत्यन्त चर्चित अविवाहिता पुरुषका रुपमा मानिएका बेलायती राजकुमार ह्यारीले आफ्नी प्रेमिकाका बारेमा मुख खोल्न बाँध्य बनेका छन्.। बेलायती सञ्चारमाध्यमहरुले ह्यारीको प्रेमप्रसंगलाई उछालेर बारम्बार समाचार प्रकाशन गर्न थालेपछि ह्यारीले मुख खोलेका हुन्।

hari-love_hari_girld-friends

३२ बर्षिय ह्यारीको प्रेमिका अमेरिका नायिका मेघन मार्कल भएको सार्वजनिक भएको छ। ३५ बर्षिया मार्कल टेलिभिजन स्टारको रुपमा समेत पपुलर रहेकी छन्। मार्कलेको स्थायी घर ठेगाना क्यानडा भएको पनि ह्यारीले खुलासा गरेका छन्। बेलायत स्थित किङ्गस्टन प्यालेसवाट मंगलवार यसवारेमा प्रेस विज्ञप्ति नै जारी गरेर ह्यारीले अव उप्रान्त आफ्नो र प्रेमिका मार्कलका बारेमा जथाभावी समाचार संप्रेषण नगर्न पनि अनुरोध गरेका छन्।

ह्यारीले प्रेमिकाको सुरक्षाका कारण कतिपय कुरा खुलाउन नचाहेको स्पष्ट पारेका छन् । आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएपछि मेघनको सुरक्षालाई लिएर उनले पछुतो पनि मानेका छन्। ह्यारीसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि मेघन मिडियाको तारो बनेकी छन् । मेघनकी आमाका अनुसार फोटोग्राफरहरू उनको घरमा अनुमतिबिना प्रवेश गर्न खोजिरहेका छन्। केही पत्रिकाले उनीहरूको सम्बन्धका बारेमा बोल्न लोभ्याइरहेका छन्। ह्यारीले आफ्नो प्रेमिकाका बारेमा ‘रेसियल’ र ‘सेक्सिएस्ट’ भनेर गरेको कमेन्टप्रति बढी आक्रोश पोखेका छन्। सञ्चारमाध्यमले सीमा नाघेको तर्क गर्दै उनले सबैलाई ‘प्रोफेसनल’ बन्न आग्रहसमेत गरेका छन्।

क्यानडाकी मेघनसँग ६ महिना अघिदेखि मात्रै ह्यारीको अफेयर्स सुरु भएको बताइएको छ । तर, यति थोरै समयमा उनीहरूको अफेयर्स अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेको छ। ३२ वर्षीय राजकुमारले पनि लामो दूरीको सम्बन्धमा रहेको स्वीकार गरेको बताइएको छ। उनीहरूको पहिलो भेट क्यानडामै भएको थियो। अंगभंग भएका सिपाहीहरूको समर्थनमा ‘इनभिकस गेम’ (स्पोर्टिङ इभेन्ट)मा सहभागी हुने क्रममा उनीहरूको भेट भएको थियो।

एक दशक सेनामा बिताएका ह्यारीले उनीहरूलाई देख्दा साँच्चै पग्लिएको प्रतिक्रिया दिएका थिए। मेघनकी आमा काला जातिको भएकाले बाल्यकालमा भेदभाव सहनु परेको बताएकी छन्। खानाकी सोखिन उनले आफ्नो ब्लगमार्फत विभिन्न प्रकारका रेसिपी प्रस्तुत गर्दै आएकी छन् । निकै संघर्षशील मेघनकी आमा आफैंलाई उत्प्रेरणाको स्रोत मान्छिन्। मेघन पनि लैंगिक समानताको एक अभियन्ताका रूपमा चिनिएकी छन्। एघार वर्षको उमेरदेखि उनी यस्तो अभियानमा लाग्न थालेकी हुन् । महिलालाई भान्सामा मात्रै सीमित गर्नु हुँदैन भन्ने भनाइ राख्दै आएकी मेघन डिभोर्सी भएको प्रसंगले पनि धेरै चर्चा पाएको हो। एजेन्सी
प्रकाशन मिति–२०७३ साल कात्तिक २५ गते विहीवार ।

Similar Posts