• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

भक्तपुर नगरपालिकामा नेमकिपाको ऐतिहासिक रेकर्ड–मेयर–उपमेयर सहित सवै वडामा नेमकिपाको भारी मत सहित शानदार जित

भक्तपुर नगरपालिकामा नेमकिपाको ऐतिहासिक रेकर्ड–मेयर–उपमेयर सहित सवै वडामा नेमकिपाको भारी मत सहित शानदार जित
2
VIEWS

NeMaKiPaकाठमाडौ। काठमाडौ उपत्यकाको अत्यन्त पुरानो तथा सुन्दर शहर कसैले हाँकेको छ भने, नेपाल मजदुर किसान पार्टी तथा यो पार्टी हाँक्ने नारायणमान विजुक्छेँ रोहितले हो। कमरेड रोहितको भक्तपुर जिल्लाको प्रमुख किल्ला भक्तपुर नगरपालिकामा मेयर र उपमेयरसहित सवै वडाहरुमा पूरै नेमकिपाको प्यानलले जित हासिल गरेको छ।

स्थानीय चुनावको इतिहासमा नै एउटै पार्टीले सवै स्थानमा जित हासिल गरेको यो पहिलो घटना नै हो। त्यो पनि भारी मतको अन्तरले हैराउने भन्ने कुरा चानचुने कुरा होइन्। यसमा कमरेड रोहितको पकड तथा पार्टी ह्याण्डिल गर्ने भक्तपुरको तौरतरीका सवैको लागि प्रेरणा बनेको छ।

Narayan Man Bijukchhe ROHIT
Narayan Man Bijukchhe ROHIT

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्। राति सवा नौ बजे सार्वजनिक नतिजा अनुसार निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुललाई चौव्वर भन्दा वढी फराकिलो मतका साथ नेमकिपाका मेयर प्रजापति विजयी भएका हुन्।

New Elected Mayor of Bhaktapur Municipality-Mr Sunil Prajapati.
New Elected Mayor of Bhaktapur Municipality-Mr Sunil Prajapati.

प्रजापतिले २५ हजार पाँच सय ६८ मत पाएका छन्। उनका निकटम प्रतिद्धन्दी रामप्रसाद कासुला ६ हजार पाँच सय ३४ मतमा सिमित भएका छन्। उपमेयरमा पनि नेमकिपाकै रजनी जोशी भारी मतका साथ विजयी भएका छन्। जोशीले २५ हजार ६ सय ६० मत पाएका छन् । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी गंगालक्ष्मी अवाल ६ हजार पाँच सय ५० मतमा खुम्चिन बाध्य भएका छन्।

नगरपालिकामा १० वटा वडाहरु छन् । सवै वडामा नेमकिपाले पूरै प्यानलसहित जित हासिल गरेको हो। मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सवै नेमकिपाले नै जितेको हो । मेयर एक जना, उपमेयर १ जना र १० वटा वडामा १० जना वडा अध्यक्ष, प्रत्येक वडामा चारचारजना वडा सदस्यसहित ५० जना गरेर कुल ५२ जना सवै नै नेमकिपाले नै जितेको हो।

Bhaktapur Municipality

प्रत्येक वडामा दुई दुई जना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यसहित सवै नेमकिपाले नै जितेको हो । नगरपालिकाको कुनै पनि वडामा एक जना पनि सदस्यसम्म अन्य कुनै पार्टीबाट विजयी भई प्रवेश पाउन सकेनन् । नेमकिपाकातर्फबाट वडा नं १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा कुमार चवाल, ५ मा प्रेमगोपाल कर्माचार्य, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ८ मा महेन्द्र खायमली, ९ रविन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसाद ह्यौमिखा वडा अध्यक्षमा विजयी भएका हुन्।

देशैभरि कांग्रेस, एमाले र माओवादी एकता केन्द्रले विजयको झण्डा फहराइरहेका बेला भक्तपुरमा नेमकिपाले कुल मतको आधा भन्दा वढी मतका साथ विजयी भएका हुन । यसहिसावले भक्तपुरमा नेमकिपाले एकलौटी विजयी हासिल गरेको हो । भक्तपुरमा ५२ हजार नौ सय ३० मतदाता छन् । त्यसमध्ये ४४ हजार एक सय ८६ (८३ दशमलब ४८) प्रतिशत मत खसेको थियो । खसेको ४४ हजार एक सय ८६ मतमध्ये मेयर प्रजापतिले २५ हजार पाँच सय ६८ र उपमेयर जोशीले २५ हजार ६ सय ६० मत पाएका थिए ।

Bhaktapur Municipality Map

प्रकाशन मिति–२०७४ साल जेष्ठ ५ गते शुक्रबार ।

Tags: भक्तपुर नगरपालिकामा नेमकिपाको ऐतिहासिक रेकर्ड–मेयर–उपमेयर सहित सवै वडामा नेमकिपा भारी मत सहित शानदार जित
Share1
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.