भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने भएकोले लोकमानविरुद्धको महाअभियोग छलफल चल्दा चल्दै संसद स्थगित

0 minutes, 0 seconds Read

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा लोकमानविरुद्धको महाअभियोग माथिको छलफल जारी भएकोमा मंगलवारवाट आगामी छठसम्मका लागि स्थगित भएको छ। मंगलवार केही सांसदहरुले बोलेपछि बैठक कात्तिक २५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले सूचना टाँस गरेर जनाएको छ।

sansad-bhawan

संसदको अर्को बैठक कात्तिक २५ गते दिउंसो २ बजे वोलाइएको छ। लोकमानविरुद्धको महाअभियोग माथिको छलफल जारी गर्नुपर्ने बेलामा एकाएक यति लामो समयका लागि संसदको बैठक स्थगित हुनुको पछाडि समाचार स्रोतका अनुसार नेपालमा कात्तिक १७ गते देखि हुन लागेको भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमण हुने भएकोले हो।

भारतीय राष्ट्रपति मुखर्जी तीनदिने नेपाल भ्रमण गरेर कात्तिक १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण पछि मात्र लोकमान प्रकरणबारे राजनीतिक दलहरु निश्कर्षमा पुग्ने मनस्थितिमा देखिएको पनि समाचार स्रोतको भनाई रहेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।

Similar Posts