भारत आसामका गायक सन्दीप सेन गुप्ताको गायनमा नेपाली एल्वम अनिरुद्ध आउने

0 minutes, 0 seconds Read

sandeep-sen-gupta-2काठमाडौ। लामो समय देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीत गायनमा निक्कै प्रखर देखिएका छन्। नेपाली गीत गाउन अत्यन्त रुचि राख्ने गायक गुप्ताले ६ वटा बुनियाद गीतहरुको संग्रह रहेको गीति एल्वम अनिरुद्ध निकाल्ने लगभग अन्तिम तयारी पूरा गरिसकेका छन्।

सिंगापुरवाट गीति एल्वम अनिरुद्रका सीडी आएको लगतै नेपालमा यस एल्वमको एक समारोहका वीच भव्य विमोचन गर्ने तयारीमा आफू रहेको गायक गुप्ताले भिजन संसारसंगको कुराकानीमा भनेका छन्। नेपालका चर्चित संगीतकार अनिल शाहीको एकल संगीतमा अनिरुद्ध एल्वम तयार भएको छ।

sandeep-sen-gupta-3

संगीतकार अनिल शाहीले गायक गुप्तामा नेपाली गीतप्रतिको अत्यन्त लगावबाट आफू प्रभावित बनेरै गुप्तासंग कार्य गरेको भनेका छन्। संगीतकार शाहीको शव्द रचना रहेको नेपाल प्रेमले भरिएको यसै एल्वममा संग्रहित एक राष्ट्रिय गीतको म्युजिक भिडियो पनि तयार भएको छ। नेपाल छाडेर परदेश जाँदा परदेशमा नेपाल संझिने र परदेशको पीडा सहन नसकेर नेपाल फर्केको मार्मिक चिणण त्यस भिडियोमा गरिएको छ।

sandeep-sen-gupta-1

नेपालका प्रथम भाँग्रा गीतका गायक गोपाल श्रेष्ठको एक गीत समेत रहेको एल्वम अनिरुद्र गायक गुप्ताले छोराको नामवाट एल्वमको नाम राखेको बताएका छन्। भाँग्रा गायक गोपाल श्रेष्ठको उत्प्रेरणा तथा संगीतकार अनिल शाहीको साथ र सहयोगवाट अनिरुद्र एल्वम तयार भएको गायक गुप्ताले बताए।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।

Similar Posts