भारत र पाकिस्तान वीच युद्धको खतरा

0 minutes, 0 seconds Read

नयां दिल्ली । भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ। परमाणु शक्तिसम्पन्न दुबै मुलुकबीच पछिल्लो समय कश्मिर मुद्दाका बारेमा तनाव बढेको छ। भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी हमलापछि दुई मुलुकबीच तनाव बढेको हो।

india-pakistan

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उरी हमलाको जवाफमा गरिने कारवाहीको रणनीति बनाउन ‘वार रुम’ मा उच्च सैन्य अधिकारीसँग झण्डै दुईघण्टा छलफल गरेका छन्। भारतीय रक्षा मन्त्रालय ‘साउथ ब्लक’स्थित वार रुममा मोदीलाई पाकिस्तानी सैन्य अखडाहरुको नक्सा देखाएर भारतीय सेनाका तर्फबाट गरिने कारवाहीको रुपरेखा चित्रित गरिएको बताइन्छ।

मोदीले दुई दिनअघि वार रुपमा भारतीय सेनाका उच्च अधिकारीसहित, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका अधिकारीहरुको राय र रणनीतिबारे छलफल गरेको बताइएको छ। भारत र पाकिस्तान परम्परागत रुपमा ‘शत्रु’ रहँदै आएका छन् । दुबै मुलुकबीच यसअघि पनि युद्ध भइसकेको छ।

(एजेन्सी)

प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।

Similar Posts