मिन्स पिरियडको आवश्यक शिक्षा दिनु पर्नेमा करिनाको जोड

0 minutes, 0 seconds Read

karina_kapoorकाठमाडौ। लण्डनमा विदा मनाएर बलिउड फर्कने क्रममा बलिउड अभिनेत्री करिना कपुरले महिलाको लागि महिनावारी अर्थात मिन्स पिरियडको बारेमा आवश्यक शिक्षा दिनुपर्ने धारणा राखेकी छन्। मुम्बई आउने क्रममा लखनउमा आयोजित एक कार्यक्रममा बोल्दै करिनाले मिन्स पिरियडको विषयमा मानिसहरुको परम्परागत सोचवाट आफूलाई अत्यन्त दिक्क लाग्ने गरेका भनेकी छन्।

युनिसेफले गरेको उक्त कार्यक्रममा महिलाको समस्याको बारेमा पुरुषले पनि यसवारेमा बुझ्नुपर्ने कुरामा राय समेत व्यक्त गरेकी छन्। मिन्स पिरियडको कारण कुनैपनि किशोरी तथा युवतीहरुको पढाई र अन्य काम प्रभावित हुन नहुने भन्दै करिनाले विद्यालयमा नै यस बारेमा शिक्षा दिनुपर्ने कुरामा जोड दिएकी छन्।

लण्डनमा पति सैफ अलि खानसंग विदा मनाउन गएकी करिना गर्भवती भएको र उनको पेटमा साढे तीन महिनाको गर्भ रहेको विषयमा भने खुल्न चाहेकी छैनन्। सैफ र करिनाले यस कुरालाई लुकाएर नै राखेका छन्। दुवैले यस बारेमा मिडिया समक्ष खुलस्त बन्ने कार्य गरेका छैनन्।
प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।

Similar Posts