मोडल किम कार्दशियनलाई बाथरुममा बाँधेर बहुमूल्य गहना लुटियो–लुटेराहरु फरार

0 minutes, 0 seconds Read

kim-kardashiyan-1काठमाडौ। हलिउडको रियालिटी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दशियनको बहुमूल्य गहना लुटिएको छ। किमको गहना लुट्ने लुटेराहरुको फ्रान्सको पेरिसमा हाल व्यापक खोजी भैरहेको छ।

एउटा कार्यक्रमका लागि पेरिस पुगेकाबेला सोमबार दुई बन्दुकधारीले कार्दशियनको साथमा रहेको गहना लुटेका थिए। प्रहरीको पोशाक र नकाव लगाएका बन्दुकधारीले कार्दशियनलाई बाथरुममा बाँधेर गहना लुटेपछि फरार भएका थिए।

kim-kardashian-1

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा चोरीमा पाँचजना संलग्न रहेको देखिएको छ। लुटेराहरुले कार्दशियनको ६७ लाख अमेरिकी डलर बराबरको गहना लुटेको बताइएको छ। रियालिटी टीभी शो ‘किपिङ अप विथ द कार्दशियन’बाट लोकप्रियता कमाएका उनी फेसन विकमा सहभागी हुन आफ्नी आमा र बहिनीसँग न्यूयोर्कबाट पेरिस पुगेकी थिइन्। कार्दशियन चर्चित अमेरिकी गायक केन्ये वेस्टकी पत्नी हुन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असोज १८ गते मंगलवार ।

Similar Posts