रंगीन दुनियामा रमिता भण्डारीको तहल्का

0 minutes, 0 seconds Read

काठमाडौं। नेपालको रंगीन दुनियामा बेग्लै सोच र छाप राख्ने कार्य रमिता भण्डारीवाट भएको छ। सन् २००१ मा मिस हेटौडा बनेर हेटौडाको पहिचान र गौरब बनेकी रमिता भण्डारीले नेपाली संगीत र मोडलिङलाई निरन्तर आत्मसात गर्दैआएकी छन्। यसैलाई आफ्नो पहिचान बनाउने कार्य रमितावाट भएको छ।

कतिपय आम मोडलहरुका आर्दश समेत बनिसकेकी रमिता सफल मोडल कोरियोग्राफर बनेर धेरै इभेन्टहरुमा कार्य गरिसकेकी छन्। यतिखेर रमिता आफैपनि ख्यातिप्राप्त इभेन्ट म्यानेजरका रुपमा सुपरिचित बनेकी छन्। मोडल, गायिका तथा इभेन्ट म्यानेजरको पहिचानमा बांचेकी रमिताले यस क्षेत्रमा जम्न सानैवाट कडा संघर्ष गरेकी थिइन्। रमिताका अनुसार, उनले १५ बर्षको उमेरमा नै उनकै गायनमा टिनएजर्स नामक गीति–एल्बम निकालेकी हुन्।

मिस हेटौडा बनेपछि सन् २००२ मा मिस नेपालमा समेत सहभागिता जनाएकी रमिताको भनाईमा मिस नेपालले यस क्षेत्रमा जम्न आत्म विश्वास दिएको छ। सोही आत्म विश्वासले विभिन्न प्रतियोगितामा भाग लिने क्रममा रमिताले बेस्ट मोडल अफ द नेसनको उपाधि समेत जितेकी थिइन्। नेपालमा गरिएको सहभागिताले मोडलिङ तथा व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्‍याएको अनुभव गरेकी रमिताले त्यसयता दर्जनौं फेसन शोमा क्याटवाक समेत गरेकी छिन् भने एक दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेकी छन्।

रमिताले गायनकै क्रममा पप र्‍याप गीत प्ले इट, आरएन्डबी, सानी सानीलगायतका आधा दर्जन गीत गाइसकेकी छन् । सन् २०१८ को सानी नानी गीतले वेस्ट पप सिङ्गरको अवार्डसमेत रमिताले जितेकी थिइन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘देश परदेश’ कार्यक्रममा भिडियो जक्कीका रूपमा समेत काम गरिसकेकी रमिता फुर्सदमा संगीत रियाजदेखि गीत कविता र गजलसमेत लेख्ने गर्छिन् ।

रमिता फेसन सो (कोरियाग्राफी)मात्र कामसँगै रस लाइट मिडियाको अध्यक्षमा नेतृत्व समालेर बसेकी छन्। रस लाइट मिडियाले मनोरञ्जन विधामा लाग्नेलाई हौसला गदै विभिन्न फेसन सो का कार्यक्रमदेखि लाईभ कन्सर्टसमेत गदै आएको छ। रमिताको सोच फेसन कोरियोग्राफी, गायन र इभेन्ट म्यानेजमेन्टमा सगर चुम्नु रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २१ गते विहीवार ।

Similar Posts