राजा वीरेन्द्रको शालिक हटाएकोमा नेपालगञ्ज तनाब

0 minutes, 0 seconds Read

Nepalganj Dhambojhi Chowk.1काठमाडौ। नेपालका राजाहरुमा अत्यन्त लोकप्रिय अनि शालिन राजा वीरेन्द्रको शालिक राखेको विषयमा नेपालगञ्जमा गएराति झडप भएको छ। प्रहरीसंगको झडपको बाबजुद पनि राष्ट्रवादी युवा समूहले राजा वीरेन्द्रको शालिक धम्बोझी चोकमा राख्न सफलता प्राप्त गरेका थिए।

राष्ट्रवादी युवा समूहले राखेको उक्त शालिकलाई स्थानिय प्रशासनको निर्देशन बमोजिम प्रहरीले रातारात नै हटाएका थिए। जसको राष्ट्रवादी युवा समूहले गंभीर आपति जनाएको छ। प्रहरी र राष्ट्रवादी युवा समूह वीच हुनसक्ने झडपलाई मध्यनजर राखेर स्थानिय प्रशासनले नेपालगञ्जको सुरक्षा व्यवस्था कडा गरिएको छ।

यसैवीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्ज यस घटनाको घोर आपति जनाएका छन्।

Nepalganj Dhambojhi Chowkप्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।

Similar Posts