रिहा भएको लगतै विवादास्पद निलम्वित सांसद ल्हारक्याल लामा तुरुन्तै फेरि पक्राउ

0 minutes, 0 seconds Read

Larkyal Lama in Jailकाठमाडौ। सुनचांदी लगायतका सम्पति सुरक्षित रुपमा राख्ने बैंकको लकरमा १४ थान गोली राखेको पाएपछि पक्राउमा परेका एमाओवादीका विवादास्पद सांसद ल्हारक्याल लामा नौ दिनपछि रिहा भएका छन्।

सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौले ६६ हजार ७ सय ५० रुपैया धरौटीमा रिहा गरेको लगतै बैदेशिक रोजगारीको ठगी मुद्दामा तुरुन्तै पक्राउ गरिएको छ। ठगी मुद्दामा दुई पटक म्याद थपमा परेका लामालाई जिल्ला प्रशासन कार्यालयले बैदेशिक रोजगारी ठगी आफ्नो कार्यक्षेत्रमा नपरेको भनेर रिहा गरेको लगतै बैदेशिक रोजगार विभागले नियन्त्रणमा लिइएको हो।

विभागको नियन्त्रणमा लिएपछि आवश्यक कारवाहीको लागि लामालाई सिंहदरवार प्रहरी कार्यालयमा राखिएको छ। काठमाडौको दरवारमार्ग स्थित नेपाल इन्भेष्टमेन्ट बैकको ४१४ नंवरको लकरमा १४ थान गोली राखिएको भेटिएपछि लामालाई पक्राउ गरेर प्रहरीलाई बुझाएको थियो। नौ दिन अघि पक्राउमा परेका एमाओवादीको समानुपातिक कोटाका सांसद लामाको सांसद पद पनि सोही दिनवाट निलम्वन परिसकेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ८ गते सोमवार ।

Similar Posts