रोल्पामा उर्जामन्त्री बर्षमान पुनलाई नेपाल बन्दको प्रभाव

0 minutes, 0 seconds Read

काठमाडौं। सडकमार्गबाट रोल्पा पुगेका उर्जामन्त्री वर्षमान पुन नेत्रविक्रम चन्द समूहको बन्दमा परेपछि हेलिकप्टर मगाएर सदरमुकाम फर्केका छन्। जलजला क्षेत्रलाई पर्यटकीय स्थलु घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री पुन बिहीबार सवा ९ बजेतिर हेलिकप्टरबाट सदरमुकाम लिवाङ फर्केका हुन्। 


प्रतिबन्ध फुकुवा र गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग गर्दै चन्द समूहले बिहीबार आव्हान गरेको बन्दका कारण रोल्पामा जनजीवन प्रभावित भएको छ। बिहानैदेखि बजार, यातायातका साधन, शैक्षिक संस्था लगायत बन्द छन्।

कार्यकर्ता सडकमा नदेखिए पनि यातायातका साधन, शिक्षण संस्था तथा बजार बन्द छ। बन्दका कारण जिल्ला तथा ग्रामीण क्षेत्रबाट टाढा जान घरदेखि निस्केका यात्रुहरु अलपत्र परेका छन्। एम्बुलेन्स भने चल्न दिइएको छ।
प्रकाशन मिति–२०७६ बैशाख ५ गते विहीवार ।

Similar Posts