लण्डनमा रहेकी पोखरेली कान्छी शर्मिला बर्देवाको तहल्कापूर्ण म्युजिक भिडियो मेरो ठुम्कामा

0 minutes, 2 seconds Read

mero-thumkama-sharmila-bardewa-3
लण्डन। कुनैबेला नेपालमा पोखरेली कान्छी बोलको गीतवाट निक्कै चर्चामा आएपछि पोखरेली कान्छी उपमा पाएकी ख्यातिप्राप्त गायिका शर्मिला बर्देवाको गायन रहेको एक गीतको भिडियोको आइतवार विमोचन भएको छ।

mero-thumkama-sharmila-bardewa

लण्डन स्थित हंस्लोको काठमाडौ जोन नेपाली नामक रेष्टुरेन्टमा गायिका बर्देवाको गायन रहेको मेरो ठुम्कामा बोलको गीतको भिडियो लण्डनमा कार्यरत पत्रकारद्वय नविन पोखरेल, चिरन शर्मा र बर्देवा पुत्री आंशिका परियारव्दारा संयुक्त रुपमा विमोचन गरिएपछि भिडियो रिलिज गरिएको थियो।

mero-thumkama-sharmila-bardewa-1कुनैबेला नेपालमा चर्चामा रहेका पत्रकार नृपेश उप्रेतीको शव्द रचना रहेको गीत मेरो ठूम्कामाको भिडियो निर्देशन विजय घिमिरेले गरेका छन्। जसमा निर्देशक घिमिरे स्वयम्ले अभिनय गरेका छन्। जसमा मोडल साराले उनलाई साथ दिएकी छन्। गीतमा बसन्त सापकोटाको संगीत रहेको छ।

sharmila-bardewa

गायिका बर्देवाले हालसम्म नेपाली, नेवारी, भोजपुरी र मैथली भाषाका गीत गरेर ६ सय जति गीतमा आवाज दिइसकेकी छन्। पेशाले नर्स समेत रहेकी गायिका बर्देवा हाल लण्डनमा नै कार्यरत रहेकी छन्।


प्रकाशन मिति–२०७३ साल असोज १७ गते सोमवार ।

Similar Posts