शनिवार काठमाडौमा भूकम्पको ठूलो धक्का

0 minutes, 0 seconds Read

Bhukampa mapकाठमाडौ। काठमाडौमा आज शनिवार भूकम्पको ठूलो धक्का महशुश भएको छ। नेपालको समयअनुसार सांझ ७ बजेर ५ मिनेटको समयमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दू ललितपुरको भैंसेपाटी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौ नजिक केन्द्रविन्दू भएकोले काठमाडौमा भूकम्पको धक्का ठूलै महशुश भएको केन्द्रले भनेको छ। केन्द्रले यसलाई गत बैशाख १२ गतेको महाभूकम्पकै पराकम्प भएको बताएको छ।

हालसम्म ४ सय ४६ भन्दा बढी पराकम्प गैसकेको छ। जसले गर्दा अझैपनि नेपालमा ठूलो भूकम्प जाने हो कि भन्ने डरले प्रायको चयन हराइरहेको छ। महाभूकम्प गएको बर्षदिन पुग्नै लाग्दा समेत पराकम्पको कम्पनले सवैलाई तनाव पारिरहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २७ गते शनिवार ।

Similar Posts