सवैको प्रिय नायिका रेजिना उप्रेतीको सवैलाई जिताउन अनुरोध

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली चलचित्र कलाकार संघको नयाँ कार्य समितिको निर्वाचन निश्चित भएको छ। जेठ २५ गते शनिवार काठमाडौंको भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लबको प्रेक्षालयमा निर्वाचन हुने भएको हो। जसमा नेपाली चलचित्रका कलाकारहरु वीच विभिन्न अडकलबाजी शुरु भएको छ।

स्पष्ट रुपमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्का तथा अभिनेत्री सरिता लामिछाने वीच अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। स्पष्ट रुपमा खड्का र लामिछाने समूहको चुनावी प्रचार–प्रसार व्यापक बनेको छ। रविन्द्र खड्काको प्यानल नै स्पष्ट रुपमा चुनावी मैदानमा देखिएको छ। विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रविन्द्र खड्काले आफ्नो प्यानलको खुलासा गरेका छन्। जसमा उपाध्यक्षमा ख्यातिप्राप्त नायिका रेजिना उप्रेती लगायत रहेका छन्।

नेपाल चलचित्र कलाकार संघको अघिल्लो कार्य समितिको चुनावमा पनि उपाध्यक्ष रहेकी नायिका रेजिना उप्रेतीले त्यो बेला अत्याधिक बहुमत प्राप्त गरेकी थिइन्। नेपाली चलचित्र तथा नेपाली चलचित्रका कलाकारहरुको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्दैआएकी नायिका उप्रेती नेपाली चलचित्रमा निरन्तर अभिनय गर्दैआएकी संघर्षशील ख्यातिप्राप्त नायिका हुन्। जसले टेलिसिरियल हुंदै दर्जनौ दर्जन नेपाली चलचित्रमा अभिनय गरेर नेपाली चलचित्रका दर्शकहरुको मन जितिसकेकी छन्।

रेजिना उप्रेती लगायतलाई नेपाल चलचित्र कलाकार संघकी पूर्वकोषाध्यक्ष विमला केसी लगायतले पनि समर्थन गरिसकेको अवस्था रहेको छ। यस हिसावले पनि रेजिना उप्रेतीको चुनावी पल्ला भारी देखिएको छ। आफू लगायत आफ्नो प्यानलको जित हुने विश्वासमा रहेकी रेजिनाले आफूहरुलाई भारी मतले निर्वाचित गरिदिन सवै चलचित्र कलाकारहरुलाई आग्रह गरेकी छन्।


प्रकाशन मिति–२०७६ साल २४ गते शुक्रवार ।

Similar Posts