सुमन राव यो बर्षकी मिस इण्डिया

0 minutes, 0 seconds Read

काठमाडौं। यो बर्षकी मिस इण्डिया भारतको राजस्थानकी सुमन राव बनेकी छन्। मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आइतवार आयोजित फेमिना मिस इण्डियाको ग्रान्ड फिनालेमा रावले मिस इण्डिया २०१९ को ताज जितेकी हुन्। रावलाई २०१८ की मिस इण्डिया अनुकृति दासले ताज पहिराएकी थिइन् ।

यो बर्षकी मिस इन्डिया विजेता राव चार्टर्ड एकाउन्टेन्टको तयारीमा रहेकी छन्। गरिरहेकी छन् । यस वर्ष मिस इण्डियाको टाइटल जित्न सफल रावले गत वर्ष पनि यसै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन्, जसमा उनी फस्ट रनरअप भएकी थिइन् । ३० सुन्दरीको सहभागिता रहेको मिस इन्डिया प्रतियोगितालाई करण जोहर, मनिष पाल र पूर्वमिसवर्ल्ड तथा मिस इन्डिया मानुषी छिल्लरले सञ्चालन गरेका थिए ।

मिस इन्डियाको ताज जितेपछि रावले डिसेम्बर ७ मा थाइल्यान्डमा आयोजना हुने मिस वर्ल्डका लागि भारतको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन् । प्रतियोगितामा फस्ट रनरअप उत्तर प्रदेशकी शिनता चौहान बनिन् भने सेकेन्ड रनरअप तेलंगनाकी सन्जना विज बनेकी थिइन् ।
प्रकाशन मिति–२०७६ साल असार २ गते सोमवार ।

Similar Posts