स्वर–सम्राट नारायण गोपालको ७७ औं जन्म–जयन्ती

0 minutes, 0 seconds Read

narayan-gopal-4काठमाडौ। नेपालका स्वर सम्राट स्वर्गिय नारायण गोपालको असोज १८ गते ७७ औं जन्मजयन्ती परेको छ।

लक्ष्मीदास गुरुवाचार्यका प्रतिभावान छोरा उस्ताद आशागोपाल गुरुवाचार्य र उनकी कान्छी पत्नी रामदेवी प्रधानका माहिला छोराका रुपमा नारायणगोपालको जन्म विसं १९९६ को आश्विन १८ गते काठमाडौको किलागलमा भएको थियो।

नारायण गोपाल जन्मिँदा नेपालमा शास्त्रीय संगीतको स्वर्णिम युग थियो। उस्ताद् बद्री, उस्ताद् साइँला, मेलवादेवी जस्ता कलाकारको युग थियो। आफ्ना दुई मित्र प्रेमध्वज र माणीकरत्नको संगीतमा नारायण गोपालले रेडियोमा पहिलो गीत डा राममान तृषितको गाए, जीवन पंखको स्वाद्।

narayan-gopal-6त्यसपछि नारायणगोपालले रत्न शमशेर थापका १४ गीत, ईश्वरवल्लभका ६, चेतन कार्कीका २ , भूपी शेरचनका ३, नगेन्द्र थापाका ८ गीत गाएर अनि आफ्ना मीतज्यू गोपाल योञ्जनको रचनाका २२ गीत गाएर नेपाली संगीतको स्वर्णिम युगमा महत्वपूर्ण स्थान बनाए।

narayan-gopal-3

नारायण गोपालले त्यसपछि किरण खरेल, लक्ष्मण लोहनी, कालिप्रसाद रिजाल, अम्बर गुरुँग, हरिभक्त कटुवाल, क्षेत्रप्रताप अधिकारी, कञ्चन पुडासैनी, चाँदनी शाह, यादव खरेल, माधव घिमिरे, नीर शाह, विश्वम्भर प्याकुर्याल, भैरवनाथ रिमाल कदम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रवीन्द्र शाह, तुलसी घिमिरे, कुसुम कुमारी सिंह, दिनेश अधिकारी, मनवहादुर मुखिया, बालकृष्ण सम, डा दीर्घ सिंह बम, नोर्देन रुम्बा, दिव्य खालिँग आदिका गीत गाए ।

narayan-gopal-5

विसं २०४७ सालम मंसीर १९ गते वीर अस्पतालमा निधन भएका नारायणगोपालको नाउँमा २०४७ मै नारायणगोपाल संगीत कोश स्थापना भएको थियो। र, उनको निधन हुँदा पार्थिव शरिर राखिएको ईट्टालाई जगमा राखेर उनको प्रतिमा महाराजगञ्जमा स्थापना गरिएको हो। सांगीतिक अन्वेषक प्रकाश सायमीको सहयोगमा ।

narayan-gopal-2

प्रकाशन मिति–२०७३ साल असोज १८ गते मंगलवार ।

Similar Posts