क्लासिकल–आधुनिक जन्डरको गीत ‘म’ सार्वजनिक

0 minutes, 7 seconds Read

काठमाडौं। क्लासिकल–आधुनिक जन्डरको गीत ‘म’ शनिवारबाट सार्वजनिक भएको छ। यूट्युब च्यानल ओएसआरबाट रिलिज भएको यस गीतले अमिर होस् या फकिर, नेता होस् या अभिनेता, प्रोफेसर होस् या विद्यार्थी, चिकित्सक होस् या विरामी, लाहुरे होस् या गाउँले, कृषक होस् या जागिरदार जो कोही पनि पूर्ण भइँदो रहेनछ भन्ने कथाहरू मध्ये एउटा प्रतिनिधि कथामा फिचरिङ् गरिएको छ।

Mr.Shanker K Rai

यस गीतका गीतकार शङ्कर के.राई हुन्। संगीतकार डीबी खड्काको संगीत तथा गोपाल रसाइलीको एरेञ्ज तथा गायक विश्व नेपालीको गायन रहेको छ।

एलपी पाण्डेको निर्देशनमा फ्ल्यास ब्याक शैलीलाई अपनाएर तयार गरिएको यस गानाको भिडियोमा कुनै व्यवसायिक कलाकारहरू नभएर प्रतिष्ठित व्यक्तित्व दलबहादुर बाली साम्पाङ राई माथि फिचरिङ गरिएको छ।

तीन वर्ष अघि ‘पृथिवी पारी’ वोलको गीतलाई सार्वजनिक गरेका गीतकार शंकर के राईको यो दोश्रो गीत हो। जुन गीतलाई डाइनामिक नेपालले ‘म’लाई पनि बजारमा ल्याएको हो।


प्रकाशन मिति–२०७६ साल जेठ १८ गते शनिवार ।

Similar Posts