काठमाडौं। गायक शशि गुरुङको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ । युगिन चलचित्रकर्मी प्रकाश सायमीको शब्द–रचना तथा प्रविण बराइलीको संगीत र सञ्जीव बराइलीको संगीत संयोजन रहेको मनछुने गीत सार्वजनिक भएको हो।

प्रेमिल मनका प्रेमभावहरूलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशनमा गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको स्वभाविक अभिनय हेर्न पाइन्छ ।