काठमाडौं। तपाई हामीले अनुहार हेर्ने ऐना हामी सबैलाई थाहा छ र हामी सबैको घरमा ऐना अवश्य पनि छ नै । वास्तुशास्त्रीले पनि ऐनालाई निकै महत्त्वपूर्ण ठानेको छ । 

वास्तुशास्त्रअनुसार घरमा ऐना राख्ने सही दिशा निर्धारण गरिएको छ । यदि सही दिशामा ऐना राखियो भने उक्त घर परिवारमा सुख, शान्ति समृद्दि छाउने र सबै भन्दा महत्त्वपूर्ण कुरा शत्रुको नास हुने मान्यता रहिआएको छ । 

वास्तुशास्त्रअनुसार ऐना घरको उत्तर, पूर्व र पश्चिम दिशामा राख्नु अत्यन्तै शुभ मानिएको छ । यस दिशामा ऐना राख्दा  उन्नति र लाभ हुनाका साथै धनसम्पत्ति राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउने गर्छ । 

वास्तुशास्त्रका अनुसार ऐनालाई बेड रुममा राख्नु उचित मानिएको छैन । त्यसैगरी ऐना घरको मुख्य ढोका अगाडि राख्न हुँदैन । त्यसो गर्दा ढोकाबाट आउने सकारात्मक ऊर्जा ऐनामा ठोकेर फर्किन्छ । बाथरुमको पनि दक्षिण र पश्चिम भित्तामा ऐना राख्नु हुँदैन ।