बैदिक तथा आयुर्वेद परम्परागत विधिवाट लामो समय देखि उपचार गर्दैआएका नवराज गुरुले निःसन्तानको लागि सन्तान सुख विधिको पनि विकास गरेका छन्। पिता–पूर्खावाट सिकेका बैदिक तथा आयुर्वेद विधिवाटै निःसन्तानका लागि सन्तान सुखको उपचार शुरु गरेका हुन्।

जसवाट केही दिनअघि मात्र नुवाकोटका साजन मार्बोले र सीता मार्बोले दम्पतिलाई सन्तान सुख प्राप्त भएको छ। विवाह भएको बर्षौ बर्ष पछि पनि सन्तान नभएपछि धेरै ठाउंमा उपचारको क्रममा धाउदा पनि सन्तान नभएपछि नवराज गुरुको काठमाडौं नैकाप भन्ज्याङ विष्णुदेवीको मन्दिर जाने बाटोमा रहेको कमला कार्की स्मृति मार्ग स्थित श्रीशिवशक्ति सत्यदेवी आश्रमका नवराज गुरुकोमा पुगेका थिए–मार्बोले दम्पत्ति । तव, नवराज गुरुले उक्त दम्पत्तिको यथार्थ कुरा सुनेपछि बैदिक तथा आयुर्वेद विधिवाट उपचार शुरु गरेका थिए ।

बैदिक तथा आयुर्वेद विधिका औषधिवाट उपचार शुरु भएको अढाई महिना नवित्दै सीता गर्भवती भएपछि उनीहरुमा खुशीको सीमा नै भएन । दुवैले बच्चा भएपछि नवराज गुरुको आश्रममा लाखबत्ति बाल्ने संकल्प गरेका थिए। यो हप्ता मात्र बच्चा आठ महिना पुगेको अवसरमा नवराज गुरुको आश्रममा आएर मार्बोले दम्पत्तिले लाख बत्ति बालेका थिए ।

यस्तै, मार्बोले दम्पत्ति जस्ता ३२ दम्पत्तिलाई बैदिक तथा आयुर्वेद औषध उपचारवाट सन्तान सुख दिन सफल भएको नवराज गुरुले सगौरब बताएका छन्। यसमा केवल बैदिक तथा आयुर्वेद औषध उपचार मात्र प्रयोग गर्ने गरेको खुलासा पनि नवराज गुरुले गरेका छन्। नवराज गुरुलाई डाइरेक्ट संपर्क गर्ने मोबाइल नंबर 9841483148