काठमाडौं। हट टिकटक स्टार शान्ति बराललाई नेकपा माओवादीले गत कात्तिक १८ गते उनी आवद्ध सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनको चर्चा अझ बढी चुलिएको थियो। शान्ति बराल नेकपा माओवादी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत रहेकी उनलाई टिकटक मार्फत अश्लिल हाउभाउ प्रदर्शन गरेको कारण अनुशासनको कारवाही गरेपछि थप चर्चामा आएकी थिइन्।

माओवादी सैनामैना नगर समितिले विज्ञप्ति निकाल्दै उनीमाथि अनुशासनको कारबाही गरेको जनाएको थियो। उनलाई समितिले सम्पूर्ण जिम्मेवारीबाट हटाइएको थियो। त्यसरी जिम्मेवारीवाटै हटाइएपछि शान्ति बरालको बाटो भनेको टिकटकमा नै व्यस्त हुनु थियो र व्यस्त बनिरहेकी नै थिइन्। जब टिकटक नै नेपालमा बन्द भयो।

Shanti Baral 11702392307.jpg

अव उनी कामविहिन हुने भयो र उनको चर्चा पनि सेलाउने भयो भनिरहेको अवस्थामा शान्ति बरालले नयाँ बाटो रोजेकी छन्। टिकटकवाट भाइरल बनिरहेकी शान्ति बराल हिजोआज सामाजिक सञ्जाल फेसबुकको रिल माध्यमवाट फेरि चर्चामा आउन थालेकी छन्। फेसबुकको रिलमा उनी पूरै छाएकी छन्। पुराना तथा नयाँ भिडियो मार्फत उनी फेरि चर्चाको चुलिमा पुगेकी छन्।