काठमाडौं। नेपालीहरुको महान पर्व दर्शै पछिको दोश्रो आउंदैगरेको महान पर्व तिहारको अवसरमा तिहार आयो बोलको गीत सार्वजनिक भएको छ। मायाको मायाले बहुमुखी प्रतिभाका धनी अभिनेता तथा निर्देशक अमृतमान महर्जनको निर्देशनमा तिहार आयो बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

सरद कुमारी श्रेष्ठको शब्द–स्वर र शिशिर थापाको संगीत रहेको उक्त तिहार आयो बोलको दमदार गीतको भिडियोमा अभिनेत्री आयुष्मा कार्कीको दमदार अभिनय रहेको छ। साथमा पार्वती गिरी, सुदिश तामाङ, श्रीराम गिरी लगायतका कलाकारहरुको अभिनय छ।

सप्तरंगी टिका अनि भैलिनी आइन आँगन गीतमा मलिन तिहार नभइकन उज्यालो तिहारको परिकल्पना भएको भिडियोमा निर्देशक महर्जनले प्रलय मेहनत गरेको छ। निर्देशक महर्जनलाई कोरियोग्राफीमा सुरेश पाण्डेको साथ र सहयोग छ। नारायण जिसीले क्यामेरा अपरेटिङ गरेर सवै दृश्यलाई जस्ताको तस्तै खिचेर छर्लङ्गै देखाउने कार्य भएको छ।