ललितपुर। नेपालमा कोरोना महामारीको बेला सवैजना घरैमा थुनिएर बसेको अवस्थामा संसार अनलाइन टेलिभिजनले अनलाइन सिङ्गिङ स्टार २०२०–०२१ को आयोजना गरिएको थियो। यस प्रतियोगितामा देश तथा विदेशवाट धेरै प्रतिभावानहरुले सहभागिता जनाएर आफूभित्रको प्रतिभा प्रदर्शन गरेका थिए।

विश्वव्यापी प्रतियोगितामा हजारौंले सहभागिता जनाएको आयोजक संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनले बताएका छन्। अध्यक्ष तथा महाप्रवन्धक महर्जनका अनुसार, त्यसरी सहभागिता जनाएका एक से एक प्रतियोगीहरुवाट छानिएर पहिलो,दोश्रो, तेश्रो तथा सान्त्वना पुरस्कार पाउने प्रतियोगीहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो। पुरस्कृत गीतहरुको रेकर्ड समेत भएको थियो।

त्यसरी अनलाइन गीत गाएर रेकर्ड राख्न सफल गीतहरुलाई क्रमशः संसार अनलाइन टेलिभिजनवाट प्रसारण गर्दै लैजाने नीति अनुरुप संसार अनलाइन टेलिभिजनवाट अनलाइन सिङ्गिङ स्टार २०२०–०२१ मा फस्ट रनरअप भएका अमोघ बीर बज्राचार्यको हिमाली रानी बोलको गीत सार्वजनिक भएको छ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय गीतकार दीपक विवश आँशुको गीत–रचना तथा बुद्ध सायमीको संगीत रहेको उक्त गीत गायक बज्राचार्यको जीवनकै पहिलो रेकर्ड भएको गीत पनि हो।