गलबन्दी फेम हिट मोडल अन्जली अधिकारी अभिनित गजबको नयाँ तिज गीत आयो

0 minutes, 7 seconds Read

काठमाडौं। गत बर्ष ड्रिम्स गेट इन्टरटेन्टमेन्टले हट गायिका इन्दिरा जोशीको गायन रहेको तिजको हिट गीत रिलिज गरेको थियो। जुन गीत सवैको नजरमा उत्कृष्ठ ठहर भएको थियो। यो बर्षको तिजको लागि ड्रिम्स गेट इन्टरटेन्टमेन्टले विलकुलै फरक धारको नयाँ तिज गीतको भिडियो रिलिज गरेको छ।

नाच दिदीबहिनी भाकाको विलकुलै नयाँ तिज गीतको भिडियो शुक्रवारवाट रिलिज भएको हो। गलबन्दी फेम हिट मोडल अन्जली अधिकारीको विशेष भूमिका भएको यस तिज गीतमा विशेषत महिला प्रहरीको कथा–व्यथालाई तिजको विशेषका रुपमा फरक ढंगवाट गजबले प्रस्तुत गरिएको छ।

कलसी रोकायाको गीत तथा संगीतमा गायन गायिका मेलिना राईको रहेको छ। मिक्सिङ बाजुरालीको रहेको छ। हिट गलबन्दी मोडल अन्जली अधिकारीको अलावा नविता, नविका र कैलाशको बेजोड अभिनय रहेको छ। नृत्य अनिश खत्री, मेकअप चाँदनी गिरी, छायांकन दीपक गिरी र निर्देशन गौरव गिरीको रहेको छ।

प्रस्तुत छ–फरक धारको यो गजबको तिज गीत–

प्रकाशन मिति–२०७६ साल असार २८ गते शनिवार ।

Similar Posts