पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर बाहेक स्थानीय सरकारमा विजयी जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् ।
सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका लागि विनियोजित बजेट सार्वजनिक गरिसकेको छ । महानगरपलिकाले बार्षिक ५६ करोड देखि १ अर्ब २४ करोड रुपैंयासम्म खर्च गर्न सक्ने गरी बजेट व्यवस्था गरिएको छ ।
१५ वर्षपछी नयाँ स्थानीय सरकार गठन भएको छ । यसलाई अब सिंहदरबारमा केन्द्रित अधिकार गाँउ घरसम्म पुग्न सुरु भएको र सँगसँगै संविधानमा मात्र सीमित संघीयता कार्यान्वयन आएको मान्न सकिन्छ । यद्यपी यसको वास्तविक अनुभुति आम जनताले गर्न बाँकी नै छ ।
संयोग, नै मान्नु पर्छ पहिलो चरणमै देशका चार वटै महानगरपालिकाको निर्वाचन भयो । तीन महानगरका जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । अव भरतपुरको मत परिणाम आउन मात्र वाँकी छ । महानगरमा सबै भन्दा पहिला विजयी हुने सौभाग्य पाएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आज मेरो अतिथि हुनुहुन्छ । यस अगाडि लगातार तीन पटकसम्म वडा अध्यक्ष भएर काम गर्नु भएका महर्जनसँग ललितपुरलाई समृद्ध बनाउने खाका के छ ? ज्यापु समजाका अध्यक्ष समेत हुनु भएका महर्जनले मतदाता समक्ष गर्नुभएको बाचाअनुसार ललितपुरलाई पाँच वर्षको अवधीमा पर्यटकीय र सांस्कृतिक सहर कसरी बनाउनु हुन्छ ? भुकम्पबाट प्रभावित बुङमति, खोकना तथा हरिसिद्धी जस्ता सांस्कृतिक महत्व बोकेका स्थानको मौलिकता कसरी कायम राख्नुहुन्छ ? के भिजन छ, महर्जनसँग अन्य सहरभन्दा ललितपुर महानगरलाई भिन्नै बनाउने ? यिनै प्रश्नको जवाफ खोज्ने छौं,