काठमाडौ। बैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परेर कोमामा परेका भक्तपुर चाँगुनारायण स्थित संगम टोलका रामकृष्ण सार्कीको घर निर्माण भएको छ।

विगत चार बर्षदेखि कोमामा गएका सार्कीको उचित घर नभएको कारण अलपत्र अवस्थामा परेको खवर सार्वजनिक भएपछि छाना छाउने कार्य लगायत विभिन्न कार्यमा स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुको सहयोग रहेको बुझिएको छ। जसमा सरिता गुरुङ, रचना प्रधान, देवेन्द्र गिरी लगायतको सहयोग रहेको बताइएको छ।

यसै क्रममा लामो समयदेखि हङकङमा रहेका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठको तर्फवाट शुक्रबार नगद ७६ हजार ५० रुपैया स्थलगत रुपमा नै पुगेर प्रदान गरिएको छ।गायक नागेन्द्र श्रेष्ठकी पत्नी तथा हङकङ नेवार समाजको अध्यक्ष रचना प्रधानले उक्त रकम हस्तान्तरण गरेकी हुन्। सार्की परिवारले उक्त रकम घरको बाँकी निर्माण कार्यमा खर्चिने बताएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २५ गते शनिवार ।