texas-austin-gadi-parking-fall-carकाठमाडौ। अमेरिकाको टेक्सास स्थित अस्टिन डाउन टाउनको पाँचौ र छैठौ सडकको वीचमा रहेको गाडी पार्किङ्ग भवनको छैठौ तल्लावाट एउटा कार खसेको छ।

नेपाली समय अनुसार शनिवार विहान भएको त्यस अनौठो घटनामा पार्किङ्ग गरेको कार एकाएक खसेपछि बारको तारमा झुण्डिएको टेक्सास स्थित समाचारदाता रविन पियाले उल्लेख गरेका छन्।

समाचारदाता पियाका अनुसार खसेर झुण्डिएको कारको उद्धार कार्य भैरहेको छ। त्यस कारमा के कति जना सवार थिए र घटना कसरी भयो भन्ने बारेमा सुरक्षाकर्मीले अनुसन्धान गरिरहेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २५ गते शनिवार ।