ktm-dhalko-pani

काठमाडौ। काठमाडौ उपत्यकामा खानेपानी तथा नुहाउने पानीको अभावले जहिले पनि हैरान भैरहेको अवस्थामा काठमाडौ उत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने खवरले केही राहतको महशुश गरिएको छ।

उपत्यका आयोजना कार्यन्वयन निर्देशनालय पिआइडीले उपत्यकाको ढलको पानी सफा बनाउने ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी भएपछि यसको संभाव्यता बढ्ेको हो। ढलको पानी प्रशोधन गर्न पशुपतिको गुहेश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोविघाटमा केन्द्र सन्चालन गरिन लागेको आयोजनाले बताएको छ।

केन्द्र संचालनमा आएपनि अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गरिने भएको छ। त्यसरी प्रशोधित पानीलाई बागमतीमा पठाइने व्यवस्था मिलाउन लागिएको छ। ढल प्रशोधन केन्द्रमा नेपाल सरकारले ४० प्रतिशत र एसियाली विकास बैक लगायतका अन्य दातृनिकायले ६० प्रतिशत लगानी गर्ने भएको छ।
प्रकाशन मिति–२०७३ साल पुष १० गते आइतवार ।