काठमाडौ। नेपालका चर्चित र्हाँस्य कलाकार धुर्मुस–सुन्तली दम्पतिको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ। मंगलवार आयोजित विशेष हस्तान्तरण कार्यक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गरेकी हुन्।

Dhurmush-Suntali who make Newly true Nepal

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प–प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले हस्तान्तरण गरिएकोे हो ।

गत असोज ४ मा शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावरसमेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुवानमा परेपछि धुर्मस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो।

करिव ५ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण भएको सो बस्तीमा कलाकार धुर्मस–सुन्तली दिनरात आफैं खटेर काम गर्दै आएका थिए। एकीकृत नमुना बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ । धुर्मस–सुन्तली फाउन्डेसनको यो चौथो परियोजना हो।


प्रकाशन मिति–२०७४ साल माघ २३ गते मंगलवार ।