काठमाडौ। नेपालकी चर्चित साहित्यकार तथा अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको आज विहीवार दुःखद निधन भएको छ। साहित्यकार प्रेमा शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२ वर्षका उमेरमा निधन भएको हो।

 नेपालका साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीका अनुसार दिवंगत साहित्यकार शाह केही समयदेखि अस्वस्थ बन्दैआएकी थिइन्। शाहको ‘पहेंलो गुलाफ’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बज्यैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा ‘आकाश विभाजित छ’ लगायत कृति प्रकाशित छन्।

Actress Joll Shah with Prema Shah’s Death body.

शाह विशेषगरी यौन साहित्यमा कलम चलाउने प्रखर साहित्यकार मानिन्छ। प्रेमा शाह छोरी जल शाहसँग एक दशकदेखि अमेरिकामा बस्दै आएकी थिइन्।

प्रकाशन मिति–२०७४ साल पुष ६ गते विहीवार ।