Newa Bankhaकाठमाडौ। नेपाली पछिको उर्वर साहित्यको रुपमा तिब्र विकास भैरहेको नेपालभाषा साहित्यमा साहित्यिक कृतिहरुको दिनानुदिन बृद्धि भैरहेको छ। जुन अत्यन्त सकारात्मक र भाषाको विकासको लागि टेवा भएको जिकिर नेपालभाषाका चर्चित अग्रज पत्रकार विजयरत्न असंंबरेको रहेको छ।

असंबरेको यो भनाईलाई पुट दिदै नेपालभाषाका प्रसिद्ध साहित्यकार डा.रीना तुलाधरको नयाँ कथा संग्रह ‘बाःगु भू’ तथा कथाकार दिब्या ताम्राकारद्वारा संकलित ‘नेपालभाषा कथाकारहरुको परिचय पुस्तिका’को सार्वजनिक भएको छ।

उपन्यासकार मथुरा सायमी,कथाकार राजा शाक्य तथा बाखं दबूका अध्यक्ष तिलकप्रकाश कायस्थव्दारा दुवै कृतिको सार्वजनिक गरेका हुन्। सोही सार्वजनिक कार्यक्रममा नेपालभाषाका आधुनिक कथाको सामयिक प्रकाशन बाखंदबूको ११औं अंक पनि सार्वजनिक गरिएको थियो।

प्रकाशन मिति–२०७४ साल बैशाख २१ गते विहीवार ।